चितुवाको आक्रमणबाट पोखरामा २ जना घाइते
काठमाडाैं | चैत १, २०७९
पोखरा: चितुवाको आक्रमणबाट २ जना मानिस घाइते भएका छन् ।
बुधबार बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले बताए ।
चितुवाको आक्रमणबाट फर्ममा काम गर्ने रुपा गाउँपालिका ४ बस्ने २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी घाइते भएका छन् । फर्मका २ वटा कालिज समेत मरेको प्रहरीले जनाएको छ ।
चितुवा फर्मबाट बाहिर निस्कँदा फर्मका ३२ को राजेश तिमिल्सिनालाई समेत घाइते भएको डिएसपी जोशीले बताए । ‘दुवै जना घाइतेको मेट्रो सिटी अस्पताल उपचार भइरहेको छ । गाला र दाहिने आँखामा सामान्य कोतारिएको छ,’ जोशीले भने । चितुवालाई स्थानीय मानिस, प्रहरी र वन कार्यालयको टोलीले नियन्त्रणमा लिने प्रयास हुँदा झाडीमा मरेको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
पोखरा: गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । आयोगका पोखरा कार्या...
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

